शिक्षा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ।
विद्यालय छनोटमा ढिलाइ भएपछि शिक्षा मन्त्रालयले घोषणा गरेको कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको छ। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको थियो।
शिक्षा मन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रमको स्थगन गर्ने निर्णय गरी, स्रोतको वितरण र उपयोगमा आएका विभिन्न समस्याहरूको सन्दर्भमा अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो।