स्वास्थ्यमन्त्रीमा जसपाका प्रदीप यादव



प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले यादवलाई स्वास्थ्यमन्त्रीको शपथ गराउनुभएको हो । यादव गत प्रतिनिधिसभा चुनावमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ वन तथा वातावरणमन्त्री भइसक्नुभएको छ ।


यसैबीच स्वास्थ्य राज्यमन्त्रीमा बाँकेकी हसिना खान नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री दाहालले राष्ट्रपतिको समुपस्थितिमा स्वास्थ्य राज्यमन्त्रीको शपथ गराउनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यादवलाई मन्त्री र खानलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

खान जसपाबाट समानुपातिक सांसद चुनिनु भएको हो । सांसद मञ्जु शर्मा अन्सारीको निधनपछि समानुपातिक सांसद पद रिक्त भएपछि जसपाले २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो ।

केही साताअघि मात्र जसपा नेपालबाट अशोक राईमा जसपा विभाजन भएको थियो । जसपा नेपाल विभाजन गरी राईले आफूसहित सातजना सांसदको साथ लिएर निर्वाचन आयोगमा नयाँ पार्टी जसपा दर्ता गराउनुभएको थियो ।