राजनीति
नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच अचम्मकाे तालमेल
काठमाडौँ — नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि नयाँ गठबन्धनको सहमति भएको छ। सहमतिअनुसार, पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुनेछ भने डेढ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

सहमतिको मुख्य बुँदाहरू यस प्रकार छन् :
- ओलीको नेतृत्वमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय पाउनेछ।
- नेपाली कांग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालयको जिम्मेवारी लिनेछ।
प्रदेश सरकारको नेतृत्व यसरी बाँडिएको छ:
- एमालेले कोसी, लुम्बिनी, र कर्णाली प्रदेशको नेतृत्व गर्नेछ।
- कांग्रेसले बाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्नेछ।
- मधेस प्रदेशको नेतृत्व मधेसवादी दललाई दिने सहमति भएको छ।
यस अतिरिक्त, संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा एक सुझाव समिति गठन गर्ने निर्णय पनि गरिएको छ।