ब्रेकिङ न्यूज

माधव कुमार नेपाल “नमेटिने घाउ’’ फिल्मको डबिङमा व्यस्त

अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’को स्वरांकन कार्य अन्तिम चरणमा पुगेको छ ।

‘नमेटिने घाउ’मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल , सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि भूमिका देखिने भएको छ। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चलचित्र ‘नमेटिने घाउ’को स्वरांकनमा व्यस्त छन ।

शुक्रबार रेडियो नेपालको स्टुडियोमा पुगेर उनले चलचित्रमा आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको भने स्वरांकन कार्य सम्पन्न भैसकेको छ । चलचित्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केही दिनमा उहाले पनि स्वरांकन दिने निर्देशक रमित ढुंगानाले जानकारी दिए।

छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ। फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ। लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन्।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक, जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको समेत अभिनय रहेको छ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रमा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button