समाचार
सिमलताल दुर्घटना : त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ जना को सनाखत
त्रिशूली र नारायणीमा बस दुर्घटनाका कारण १९ शव भेटिएका छन्, जसमा १४ जनाको सनाखत भइसकेको छ। ५ जनाको सनाखत गर्न बाँकी छ र उनीहरुको शव भरतपुर अस्पतालमा राखिएको छ। सनाखत भएका शवमध्ये रामनगरका जितेन्द्र देव, गरुडा ९ रौतहटका अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका चन्द्रप्रभा कुमारी चौधरी, भारतका शितामणि थाना निवासी विवेक यादव, र वौधिमाई ७ रौतहटका अमृताकुमारी रहेका छन्। यी सबै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसका यात्रु थिए। भरतपुर महानगरपालिका र पूर्वी नवलपरासीको नेपाल-भारत सिमानामा थप १ जनाको शव भेटिएको छ, जसलाई भरतपुर अस्पतालमा ल्याउने तयारी भइरहेको छ।