सुखका दिन खाेज्दाखाेज्दै नेपालमै अस्तायाे आरेफकाे सपना
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाजमा पाइलट सहित १९ जना थिए। बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने बित्तिकै उत्तरतर्फ अभिमानस्थल भित्रै दुर्घटना भएको थियो। उक्त दुर्घटनामा सूर्य एयरलाइन्सका विदेशी कर्मचारी सिनियर इन्जिनियर आरे रेडा व्यवस्थापन समूहका चारजना सहित १८ जनाको घटनास्थलमै मृत्यु भयो। क्याप्टेन मनिसरत्न शाक्यलाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरियो। र उनको अवस्था खतरामुक्त छ। उनी विगत ४० वर्षदेखि इन्जिनियरिङ क्षेत्रमा रहेका थिए । यमनी नागरिक हुन् उनी विगत ४० वर्षदेखि इन्जिनियरिङ क्षेत्रमा रहेका थिए उनी ८ वर्ष श्री एयरलाइन्समा काम गरी सूर्य एयरलाइन्समा प्रवेश गरेका थिए। दुई वर्षसम्म निरन्तर काम गरेपछि उनी स्वदेश एमन फर्किएका थिए। रेडा दक्ष अनुभवी कुशल इन्जिनियर भएकै कारण सूर्य एयरलाइन्सले दुई महिनाअघि पुन बोलाएको थियो । बुधबार ११ बजे मर्मतका लागि पोखरा उडेको जहाज १०० फिट उचाइ नपुग्दै एक्कासी भुइँमा बजारिन पुग्यो। मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल र देशकै केन्द्रीय राजधानीमै भएको दुर्घटनामा ज्यान बचाउन नसक्नु राज्यको विडम्बना हो। विमानस्थलभित्रै दुर्घटना भई १८ जना आगोमा जलिरहँदा सरकारले टुलुटुलु हेर्न बाहेक केही गर्न सकेन जसको परिणाम १८ जनाले ज्यान गुमाउनु पर्यो उज्ज्वल भविष्यको खोजी गर्न भनेर अनेकौं दुःख गरेर यहाँसम्म आइपुगे पनि बाँकी सपना अधुरै रहे त्यसले त एउटा नागरिक गुमायो तर परिवारका लागि जीवनको सहारा नै गुम्यो। चुलोमा आगो निभ्यो ऋणको बोझ बढ्यो छोराछोरीको सपना सपनामै सिमित रह्यो। कतिका सिन्दुर पुछिए कति, बाल्यकालमै टुहुरा भए, कतिका परिवार उजाडियो, कतिको स्वर्ग जस्तो घर नर्कमा परिणत हुन पुग्यो !