स्वास्थ्य

हैजा: स्वास्थ्यमा गम्भीर चुनौती लक्षण, रोकथाम र उपचार

हैजा दूषित खाना वा पानीको सेवन गर्दा सर्ने गर्छ। यो रोगले उपचार नगरिएमा केही घण्टाभित्र नै मृत्यु गराउन सक्छ। हैजा मुख्य रूपमा गरिबी र अस्वस्थ जीवनशैलीको प्रतिफल हो, जसले सुरक्षित पानी र आधारभूत सरसफाइमा पहुँच नभएका व्यक्तिहरूलाई प्रभावित गर्छ। द्वन्द्व, अनियोजित शहरीकरण र जलवायु परिवर्तनले हैजाको जोखिम बढाउँछ।

Cholera

हैजा लागेका व्यक्तिकाे प्रमुख लक्षणहरू ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा वान्ता हुने गर्छ। शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र यी लक्षणहरू अचानक देखा पर्न सक्छन्। हैजाका कारणले हुने पखाला चौलानी जस्तै सेतो हुन्छ, जसलाई अङ्ग्रेजीमा ‘राइस वाटर’ भनिन्छ र यस्तो पखाला माछाको गन्ध जस्तै हुन्छ। उपचार नगरिएको बिरामीले दिनभरमा १० देखि २० लिटरसम्म पखाला गर्न सक्छ। जसले मानिसको मृत्यु गराउन सक्छ। कडा खालको हैजाले सङ्क्रमित व्यक्तिहरूको आधा जनालाई मृत्युको मुखमा पुर्‍याउँछ। हैजा लागेका व्यक्तिहरूमध्ये १०० मध्ये ३ जना मानिसहरूमा लक्षण नदेखिने खालको सङ्क्रमण हुन्छ। यसका अन्य लक्षणहरूमा आँखा गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने तथा छालाको लचकतामा कमी आउने आदि देखिन्छ।

हैजाका लक्षणहरू

हैजाका लक्षणहरू दूषित खाना वा पानीको सेवन पछि १२ घण्टा देखि ५ दिनभित्र देखा पर्न सक्छन्। हैजा अत्यन्तै तीव्र र गम्भीर पाचनतन्त्रको रोग हो, जसले छिटो उपचार नगरिएमा केही घण्टाभित्र नै मृत्यु गराउन सक्छ। हैजाका प्रमुख लक्षणहरू निम्न छन्:

  1. पातलो पखाला:
    ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्छ। यो पखालालाई चौलानी जस्तै सेतो हुने हुनाले अङ्ग्रेजीमा ‘राइस वाटर’ भनिन्छ।
  2. वान्ता:
    बारम्बार वान्ता हुन सक्छ, जसले शरीरबाट अझ धेरै पानीको कमी गराउँछ।
  3. जलवियोजन (Dehydration):
    • शरीरमा तरल पदार्थको अत्याधिक कमी हुन्छ, जसले गर्दा बिरामी कमजोर र थकित महसुस गर्छ।
    • छाला चिसो र ओसिलो हुन्छ, मुख सुक्छ, आँखा गढ्छ, र छालाको लचकतामा कमी आउँछ।
    • जलवियोजनका कारण रक्तचाप घट्छ, नाडी छिटोछिटो चल्छ तर महसुस गर्न गाह्रो हुन्छ र पिसाबको मात्रा घट्दै जान्छ।
  4. एसिडोसिस:
    • दिसामा बाइकार्बोनेट बाहिरिने हुनाले एसिडोसिस हुन सक्छ, जसले लामोलामो सास फेर्न गाह्रो बनाउँछ।
  5. मांसपेसी बाउँडिने:
    • शरीरमा इलेक्ट्रोलाइटको असन्तुलनले मांसपेसी बाउँडिने समस्या गराउँछ।
    • विशेष गरी बालबालिकाहरूमा मांसपेसी कमजोरी हुने, बेहोस हुने, सिजर वा कोमामा जाने जस्ता लक्षणहरू देखिन्छ।
  6. शरीरको रंग परिवर्तन:
    • जलवियोजनका कारण बिरामीको शरीर नीलो हुँदै जान सक्छ, जसलाई ‘नीलो काल’ (अङ्ग्रेजीमा ‘Blue Death’) पनि भनिन्छ।

हैजा कसरी सर्छ

  • दूषित पानी: हैजाको प्रमुख स्रोत दूषित पानी हो। जब मानिसहरूले हैजा संक्रमित पानी पिउँछन् वा त्यस पानीले पकाइएको खाना खान्छन्, तब उनीहरू संक्रमित हुन्छन्।
  • दूषित खाना: खराब पानीले धुलिएको वा पकाइएको खाना खानाले हैजा सर्न सक्छ। विशेष गरी काँचो फलफूल र तरकारी, जसलाई दूषित पानीले धोइएको हुन्छ त्यसले हैजा फैलाउन सक्छ।
  • अस्वस्थ सरसफाइ: राम्रो सरसफाइको अभावमा हैजाको जोखिम बढ्छ। संक्रमित व्यक्तिको मल वा वान्ता सिधै पानी स्रोतमा मिसिन सक्छ र त्यस पानीको प्रयोग गर्दा अन्य मानिसहरू संक्रमित हुन्छन्।
  • मानव सम्पर्क: संक्रमित व्यक्तिहरूको मल वा वान्ता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा खाना मार्फत अन्य व्यक्तिहरूसम्म पुग्न सक्छ।

    हैजाको उपचार
  • पोषण: बिरामीलाई सकेसम्म चाँडै सामान्य खाना खान प्रेरित गर्नु आवश्यक छ। पौष्टिक खाना खाने बित्तिकै शरीरको पुनःउत्थानमा मद्दत मिल्छ।
  • सामुदायिक सहभागिता: समुदायमा स्वास्थ्य शिक्षा र जनचेतना कार्यक्रम सञ्चालन गरी हैजा रोकथामका उपायहरूबारे जानकारी दिनु पर्छ।
  • हैजाका लक्षण देखिनासाथ छिटो उपचार गर्न प्रेरित गर्नु महत्त्वपूर्ण छ।
  • प्रसस्त पानी पिउनुपर्छ ।
  • समयमै अस्पताल जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button