ब्रेकिङ न्यूज

तनहुँमा बस दुर्घटना हुँदा :२७ जनाको मृत्यु ,१६ जनाको काठमाडौंमा उपचार हुँदै

काठमाडौँ । तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए ।  शुक्रबार तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button