‘मिस्टर नेपाल’को दौडमा राहुल रावल
यस वर्षको ‘मिस्टर नेपाल’को उपाधि जित्न देशभरबाट छनौट भएका ३८ जना युवा प्रशिक्षणरत छन् । ती सबै युवाको एउटै अभिलाषा छ, ‘मिस्टर नेपाल–२०२४’को उपाधि जित्ने । तीमध्येका एक हुन्, राहुल रावल।
राहुल मोडलिङमा रुची राख्छन् । उनीमा जोश र प्रतिभा पनि छ । आफ्नो मोडलिङप्रति रुची भएकै कारण ‘मिस्टर नेपाल’मा पाटिसिपेन्ट भएको उनको भनाइ छ । रावल भन्छन्, ‘मिस्टर नेपाल’को उपाधि जित्नकै लागि पाटिसिपेन्ट भएको हुँ,
एक महिना लामो प्रशिक्षणपछि आफूमा आत्मविश्वास बढेको रावल बताउँछन् । ‘कन्फिडेन्ट बढेको छ’ उनले भने, ‘त्यो मेरो कन्फिडेन्ट फाइनलमा थाहा हुनेछ ।’
कोरियोग्राफर प्रशान्त ताम्राकारले क्याटवाकलगायत आत्मविकास सम्बन्धी ग्रुमिङ दिइरहेका छन् । प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्वविकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणबाट आफुलाई निखारिहेका छन् ।
रावल भन्छन्, ‘ट्रेनिङ प्रियड राम्रै भइरहेको छ । अब मलाई दर्शकको साथ र सपोर्ट चाहिएको छ ।’ उपाधि जित्नका लागि प्रतियोगी ट्यालेन्ट भएर मात्र काफी हुँदैन । त्यसका लासि भोटिङ पनि मुख्य कुरा हो । त्यसैले आफूलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । हाल भोटिङ चलिरहेको छ ।
राहुल रावलको भोटिङ कोड पनि 04 नै रहेको छ । उनलाई जिताउन चाहनेले ईसेवामार्फत आफूले चाहेजति भोट गर्न सक्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही भदौ ८ गते शनिबार हुँदैछ । उक्त दिनसम्म रावल लाई भोट गर्न सकिन्छ ।