ब्रेकिङ न्यूज
साफयु-२० च्याम्पियन्सिपमा नेपाल भुटानसँग सेमिफाइनल खेल्दै

साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार साँझ साढे ५ बजे खेल सुरू हुनेछ।
नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो।
समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो।
घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपालले आज सेमिफाइनल खेल्नेछ
भुटान समूह बी को उपविजेता हो।

समूह बी बाट भुटान माल्दिभ्सलाई हराउँदै सेमिफाइनल पुगेको हो। समूह चरणमा भारतसँग भने पराजित भएको थियो।
सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

