ब्रेकिङ न्यूज

‘खेलकुद क्षेत्रमा बजेट कम भएकोप्रति मन्त्री असन्तुष्ट

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तय गरिएको समयमा नै सम्पन्न हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले प्रतियोगिता मंसिर २ देखि ९ सम्म सुर्खेतमा हुने जानकारी दिए।

मन्त्री चौधरीले सुर्खेतमा निर्माण भइरहेको १० हजार दर्शक अट्ने रंगशालाको काम अन्तिम चरणमा पुगेको बताए। पहिलो पटक कर्णाली प्रदेशको लगानीमा रंगशाला निर्माण भइरहेको छ, जसका लागि संघीय सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको छ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको छ, जसमा २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछन् भने बाँकी खेल नेपालगञ्ज र काठमाडौंमा आयोजना हुनेछन्।

मन्त्री चौधरीले खेलकुद क्षेत्रमा सरकारले न्यून बजेट छुट्याउने गरेको भन्दै सोचेअनुसारको काम गर्न नसकिएको बताए। मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार भएको र यसलाई बहुवर्षीय योजनाका रूपमा राष्ट्रिय योजना आयोगमा पेश गरिने पनि जानकारी दिए।

अर्को महत्त्वपूर्ण निर्णय कीर्तिपुर रंगशालालाई तीन सय दिनमा तयार गर्ने सरकारको योजना रहेको छ, जसका लागि २० करोड रुपैयाँ छुट्याइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button