जाग सरकार, देश थिलथिलो छ !
जाग सरकार, आँखा तिम्रा कहिले खुल्ला?
बाढीले बगाउँछ जनता, तिमी कुर्सीमै रमाउँछौ ।
हामी लड्दैछौं हिलोमा, सपना खोज्दै गगनमा,
तिमी बनाउँदैछौं योजनाका पुलहरु मात्र कागजमा।
सडकको वाचा तिम्रो, हिउँदमा त होला पक्कै,
तर बर्षा आउँदा हिलो हुन्छ, खनिन्छ त्यसमा ढुंगाको ढक्कै।
तिमीले भनेका सपना छन् सुनौला,
तर हाम्रो यात्रा हुन्छ चिप्लो, हिलोमै दिनभर गुज्रिएकै।
मन्त्रीहरु त तिम्रा मोटरका सिटमा घुम्छन्,
हाम्रो झुपडीमा पानी चुहिन्छ, थाल घुम्छन् ।
तिमी हरेक चुनावमा विकासका गीत गाउँछौ,
तर सहरभन्दा पर हाम्रो गाउं कहाँ जान्छौ?
बन्दैछ बाँध ठूला, तर हाम्रा खेतहरू डुब्दै छन्,
विकासका नारा लगाइरह्यौ, तर जनता कति रोइरहेछन्।
तिमी योजना बनाउँदै हुन्छौ सिंहदरबारको बैठकमा,
तर यो गाउँको जीवन थिलथिलो, बेपत्ता छ नक्सामा।
तिमी भन्छौ “सफल छौं, देश समृद्धितर्फ छ”,
तर जनता फस्दैछन् हिलोमा, कहिले प्रगति चढ्दैछ?
नदीहरु बाँधिन्छन्, तर गाउँको बाटो छेक्दैन,
तिमीको खजाना बढ्दैछ, तर हाम्रो हात खाली नै देख्दैन।
अझै पनि छ, हरेक बजेटमा,
विकासका खाका खिच्यौ तिमी ठूला स्वरमा,
तर त्यो हिलोमा फस्दा, जनता अलपत्र परिरहे,
तिम्रा सपना बेच्न, कति झूट तिमी मोलिरहे?
बाढीले बगायो हाम्रो जमिन,
तर सुक्खा भयो तिमीले बोकेको जमिन।
सबै कुरा गरेपछि चुप लाग्यौ सिंहदरबारमा,
हामी त फेरि चल्दैछौं हिलोको बाटो निस्किँदै झनै गरिमा।
गाउँमा बनाउँछौं तिमी फाइल भरि,
तर हाम्रो पेट भोकले दुख्छ र गरिबी छ हरि।
कुन योजनाको सुरुआत भयो? कुन बाटो बन्ला त?
तिमी बोल्दा अलि ठूला,तर यो धरातलमा सन्नाटा छ अब त।
कहिले सुधार्छौ तिमीले यो देशको अवस्था?
कि अझै विकाशको नाममा गर्दैछौ भुलाउने खेल र सस्ता?
तिमी उठ, जाग, यो जनता तिम्रो बोलि सुन्न चाहन्छ,
तर हाम्रो सपना हिलोमा गाडिदैछ, तिमी भने मौन बस्छौ अझै।
जाग सरकार, हामी थकित भयौं यो बेहोसीको दृश्यमा,
पानीले बगायो हाम्रो आशा, तिमी त रमाउँदै छौ रथमा।
यो देश हामीलाई बचाउन तिमीले कहिले चुप्पल फेर्छौं?
कि सिंहदरबारमै सधैं रहन्छौ, सपनाको मखमली चस्मा लगाएर हेरौं?
-आविस्कार दहाल