ब्रेकिङ न्यूज

बागमति प्रदेशका ६० वटा अस्पतालबाट संचयकर्तालाई सेवा प्रवाह

कर्मचारी सञ्चय कोषले बागमती प्रदेशका ६० अस्पतालबाट आफ्ना संचयकर्ताहरूलाई सेवा दिने घोषणा गरेको छ। संचयकर्ताले सामाजिक सुरक्षा सुविधाअन्तर्गत साधारण र घातक रोगहरूको उपचार पाउनेछन्। देशभरका १२० अस्पतालमा यो सुविधा उपलब्ध हुनेछ, जसमा बागमतीसँगै अन्य प्रदेशका अस्पतालहरू पनि समावेश छन्।

सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत, संचयकर्ताको अस्पताल भर्ना खर्च कोषले व्यहोर्छ, जसमा संचयकर्ताका पति/पत्नीलाई समेत समावेश गरिएको छ। यो सुविधा लिनका लागि संचयकर्ताले नियमित रूपमा ६ महिना कोषमा योगदान गरेका हुनुपर्छ। अस्पतालमा भर्ना भएको २४ घण्टाको उपचारपछि खर्च दावी गर्न सकिन्छ, र सामान्यतया तीन महिनाभित्र दावी भुक्तानी हुनेछ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button