ब्रेकिङ न्यूज

भ्रष्टाचार मुद्दा लाग्नेमा सबैभन्दा बढी राष्ट्रसेवक कर्मचारी

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दामा सबैभन्दा धेरै राष्ट्रसेवक कर्मचारी प्रतिवादी रहेका छन्। आयोगले आर्थिक वर्ष २०८०/८१ मा २०१ भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा कुल १,५४५ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ५२० जना राष्ट्रसेवक कर्मचारी रहेका छन्, जसमा विशिष्ट श्रेणीका ६, सहसचिवस्तरका ३०, उपसचिवस्तरका ८२, शाखा अधिकृत वा इन्जिनियरस्तरका २०२, र सहायकस्तरका २०० जना छन्।

आइतबार, भदौ ३०, २०८१

त्यसैगरी, १०६ निर्वाचित जनप्रतिनिधि र १४८ मनोनीत पदाधिकारी पनि प्रतिवादी बनाइएका छन्। अन्य ७३९ जनामा लेखापढी व्यवसायी, बिचौलिया, संघसंस्था र अन्य व्यक्ति समावेश छन्।

अख्तियारले भ्रष्टाचार मुद्दामा ठूलो संख्यामा राष्ट्रसेवक कर्मचारी संलग्न भएको तथ्यलाई सार्वजनिक गरेको छ, जसमा उच्च पदस्थ अधिकारीसमेत छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button