ब्रेकिङ न्यूज
लेदोसहित पहिरोले नागढुंगा सुरूङमार्ग नजिकै सडक अवरूद्ध
लेदोसहित पहिरोले पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ।
सुरूङमार्ग नजिकै लेदोसहित पहिरोले शुक्रबार दिउँसो सडक अवरूद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिने सवारी साधन रोकिएका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालका अनुसार लेदो र माटोसहितको पहिरो खसेको हो। पहिरो झरेसँगै अहिले सडक दुवैतर्फ अवरूद्ध बनेको उनले बताए।
घटनास्थलमा प्रहरी परिचालन गरिएका छन्। पानी निरन्तर परिरहेको हुँदा पहिरो पन्छ्याउन पनि समय लाग्ने प्रहरी निरीक्षक सिलवालले जानकारी फिए