ब्रेकिङ न्यूज
साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारहरूलाई निःशुल्क बनाउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कबारे धेरै जनाले चिन्ता व्यक्त गरेको उल्लेख गर्दै, सरकारको यसप्रति ध्यानाकर्षण भएको बताए। उनले जनताको समस्या सरकारलाई यस्तै माध्यमबाट जानकारी दिन आग्रह गर्दै भनेका छन्, “साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा म सम्बद्ध अधिकारीहरूसँग कुरा गरिरहेको छु। तपाईँहरू पनि हामीलाई आफ्नो समस्या यसरी नै जानकारी गराइरहनुहोस्। सरकार यसबारे काम गर्दै जानेछ।”