ब्रेकिङ न्यूज

हङकङका शुक्ला बने टी-२० आईमा चारै ओभर मेडन राख्ने विश्वको तेस्रो बलर

मंगोलियाविरूद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङका आयुष शुक्लाले चारै ओभर मेडन फ्याकेका छन्।

आईसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोट खेलमा शनिबार मंगोलियाविरूद्धको खेलमा हङकङका तीव्र गतिका बलर शुक्लाले ४ ओभर बलिङ गरेकामा चारै ओभर मेडन राखेका हुन्।

उनले २४ बल डट खेल्दै १ विकेटसमेत लिए।

योसँगै शुक्ला टी-२० अन्तर्राष्ट्रियमा चारै ओभर मेडन राख्ने विश्वकै तेस्रो बलर बनेका छन्।

क्यानडाका स्पिनर साद विन जाफरल टी-२० आईमा चारै ओभर मेडन राख्ने पहिलो बलर हुन्। गत असारमा भएको आईसिसी टी-२० विश्वकप छनोटमा पनामाविरूद्धको खेलमा न्युजिल्याण्डका लोकी फर्गुसनले सबै बल डट गर्दै ४ वटा मेडन राख्ने दोस्रो खेलाडी बनेका थिए।शनिबार शुक्लाले २४ बल डट फ्याकेको खेलमा हङकङ ९ विकेटले विजयी भएको छ।

हङकङविरूद्ध मंगोलिया १४.२ ओभरमा अल आउट हुँदै १७ रनमात्रै बनाएको थियो।

१८ रनको लक्ष्य हङकङले १० बल खेलेर जितेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button