अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट भएका घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने,
गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले भने, ‘विभिन्न सडक लगायत विद्युत टेलिफोन खानेपानीसँग सम्बन्धित सेवा प्रवाहसँग सम्बन्धित विषयमा पनि मन्त्रालयले सम्बद्ध निकायहरुसँग समन्वयात्मक रुपमा काम गरिरहेको छ ।
त्यो सँगसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग पनि हामीले निरन्तर रुपमा समन्वय गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र त्यो सँगसँगै हाम्रो यातायात प्रणालीलाई पनि सुचारु गर्न हामी प्रयासरत रहेको व्यहोरा समेत अनुरोध गर्दछु।’
मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले विपद् प्रभावितहरूको खोज तथा उद्धारमा सबै सुरक्षानिकाय परिचालन भई निरन्तर काम गरिरहेको बताए। उनले हालसम्म ४ हजार बढि प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लामा १६२ जना घाइते र अलपत्र परेका व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको साथै, खाद्यान्न र आपत्कालीन राहत सामग्री पनि वितरण गरिएको जानकारी दिए।