नेपाली गीत तथा संगीत क्षेत्रमा सुर्य लामिछानेको चाहना

नेपाली गीत तथा संगीत क्षेत्रमा धेरै कलाकारहरू आउने गरेका छन्। यस क्षेत्रमा अहिले सूर्य लामिछानेको पनि आबद्ध भएर लागिरहेका छन् तसर्थ सूर्यले यस क्षेत्रमा अलिकति बढी नै रुचि देखाएको जस्तो लागिरहेको छ। हालचाल कुवेतमा बस्दै आएका छन्। तैपनि उनले आफू गीत संगीतबाट टाढा नरहने पनि बताउँछन्। उनी भन्छन् मलाई यस्तो चलचित्र बनाउन मन छ जसमध्ये मेरो आफ्नै कथा होस् मेरो आफ्नै लगानी होस् र मेरो आफ्नै प्रयास चाहिँ एकदम धेरै होस्। किनकि किनकि दर्शकहरूले नक्कली कुरालाई भन्दा सक्कली कुरा र सामाजिक कुराहरुलाई नै बढी चासो दिएर हेर्ने गरेको पाइन्छ त्यसैले उनी पनि चाहन्छन् आफूले लगानी गरेर राम्रो चलचित्र बनाउन । सूर्यले केही वर्ष अगाडि वेब सिरिज तथा भिडियोहरूमा देखिएका थिए तसर्थ अहिले उनी गीत तथा संगीतमा रुचि भएको पनि बताउँछन्। सूर्य लामिछानेले बेलाबेलामा आफ्नै युट्युब च्यानल सूर्य लामिछाने बाट भिडियोहरु हाल्ने गरेको पनि पाइन्छ । अब यो उनको यो रुचिलाई दर्शकहरुले के कतिको रुचाउँछन् या रुचाउँदैनन् त्यो भने दर्शकहरूकै हातमा छ। तर हाम्रो यो अनलाइन न्युज नेपालको तर्फबाट भने शुभकामना छ।
