ब्रेकिङ न्यूज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीमा प्राधिकरणको एक करोड सहयोग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले एक करोड हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button