ब्रेकिङ न्यूज

बिजया दशमीको शुभकामना सन्देश

आधुनिकता भनेको प्रगति हो, तर यसलाई सही तरिकाले नबुझ्दा विकृति फैलिँदो छ। फेसनको नाममा संस्कृति बिर्सनु, चाडपर्वमा मौलिकता हराउनु, र आफ्नो पहिचानलाई नै विदेशी शैलीसँग तुलना गर्नु अहिलेको मुख्य समस्या बनेको छ। परम्परागत दसैं ,तिहार ,तिजजस्ता चाडमा पनि भड्किलोपना र विकृति देखिन थालेको छ। आधुनिक बन्नु राम्रो हो, तर आफ्ना मूल्य र मान्यता नभुली,, होइन भने आधुनिकता आफैमा खोक्रो हुन्छ।
यसरी,
आधुनिकता भनेको नयाँ सोच र प्रविधिसँगै अगाडि बढ्नु हो, तर आफ्ना मौलिक मूल्य, धर्म, र संस्कृतिलाई सँगै लिएर, होइन भने हामी न त पुराना रहन्छौं, न नयाँ। त्यसैले आफ्नो घाटो हेरि हाड निल्नु भनेझै आफ्नो गछ्य अनुसार चाडवाड मनाउनु पर्छ ।
अन्त्यमा, सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका सबैमा  वडा दशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button