ब्रेकिङ न्यूज
रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ ।
लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन निषेध गरिएको छ । लामिछानेका समर्थक तथा अन्य व्यक्तिहरूको पनि सवारी चल्न नदिने प्रहरीको तयारी छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रवार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।