ब्रेकिङ न्यूज

२१ दिनमा १२ गाउँको कमाई कति?

काठमाडौं। बिराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’ले चौथो हप्तामा प्रवेश गरिसकेको छ र अझै पनि १०० भन्दा बढी शो पाउँदै सफल प्रदर्शन गरिरहेको छ। यसका वितरक गोविन्द शाहीले गरेको दाबी अनुसार, यो चलचित्रले २१ दिनमा २३ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ।

शाहीले तिहार बिदामा पनि चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरेका छन्। यसले थप केही करोडको ग्रस कलेक्सन गर्दै बलियो आँकडा पार गर्ने सम्भावना रहेको उनको भनाइ छ। यद्यपि, आगामी बलिउड चलचित्रहरू ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ को प्रदर्शनले ‘१२ गाउँ’लाई केही असर पुर्‍याउन सक्ने भए पनि, ती चलचित्रहरूको कमजोर प्रदर्शन भए नेपाली चलचित्रलाई फाइदा पुग्ने सम्भावना प्रबल छ।

चलचित्रमा समीर भट्ट, पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले आफ्नो डेब्यु गरेका छन्। उनीहरूलाई साथ दिनका लागि मुरलीधर, कनिज कोइराला, नरेन खड्का, र दिया मास्केजस्ता कलाकार यस चलचित्रमा अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button