देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका हुन् ।
सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३ औँ दीक्षान्त समारोहमा सरिक हुने क्रममा आज यहाँ गएका हुन् । प्रधानमन्त्री ओली सो प्रतिष्ठानको कुलपति हुन् ।