ब्रेकिङ न्यूज
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना
काठमाडाैं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । करिब १८१ जना यात्रु सवार विमान दुर्घटना भएको हाे ।
बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो ।
याेनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ ।
एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।