ब्रेकिङ न्यूज
नेपाल प्रिमियर कर्णालीको तेस्रो जित, पोखरा ७ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो जित हात पारेको छ।
सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
एनपीएलको ४ खेल मध्ये पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा पाचौँ स्थानमा छ।
पोखरालाई पराजित गर्दै कर्णालीले भने एनपीएलमा तेस्रो जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ। जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ।
पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पुर्यायो । कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे।