लागातार पोहिलो र दोश्रो खेल पराजित पछि विजयको सुरुवातमा बिराटनगर किङ
नेपाल प्रिमियर लिगको पहिलो र दोश्रो खेलमा लगातार पराजित भए पनि लुम्बिनी लायन्सका लाई हराउन सफल भई बिराटनगर किङ बिजयको सुरुवात गरेको छ।
लुम्बिनीले लिएको १९२ रनको विशाल लक्ष्य विराटनगरले अन्तिम बलअघि नै पूरा गरेको थियो।
विराटनगरको जितमा ओपनर लोकेश बमले ७१ रन बनाउँदा टम मूर्सले अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गरेर एक छक्का र दुई चौका प्रहार गरेका थिए। विराटनगरलाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो।लोकेशले राम्रो खेल्यो। उसैले म्याच जिताएको भए अझै राम्रो देखिन्थ्यो। विराटनगरका दीपक बोहरा, प्रतिश जिसी सबैले राम्रो खेलेँ,’ उनले भने, ‘राष्ट्रिय टोलीको कप्तानका रुपमा खुशी लागि रहेको छ।’अन्तिम ओभरमा विवेक यादवलाई बलिङ दिएका रोहितले आफ्नो निर्णयको पनि बचाउ गरे। विवेकले अन्तिम ओभरमा १५ रन रोक्न नसक्दा लुम्बिनीले १९१ रन जोडे पनि हार ब्यहोर्न पर्यो।रोहितले भने, ‘विवेकको बलिङ विकल्पमा म थिएँ। उनीहरूका दुईवटा दायाँ हाते ब्याट्सम्यान थिए। मभन्दा विवेक राम्रो विकल्प थियो। म बलिङमा गएको भए तीन बलमै खेल सकिन्थ्यो होला।’