ब्रेकिङ न्यूज

सार्वजनिक लेखा समिति सभापति पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा लेखा समिति सभापति तथा मोरङ २ का सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

मंगलबार मोरङ जिल्ला अदालतले अञ्जला कोइराला र अन्य २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतका सूचना अधिकारी हमबहादुर बुढाथोकीका अनुसार मंसिर २७ गते अभियोगपत्र दर्ता भएपछि उक्त पक्राउ पुर्जी जारी भएको हो।

इलाका प्रहरी कार्यालय रंगेलीले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

धनपालथान गाउँपालिका–४, कर्सियामा रहेको उमागौरी कृषि सहकारीमा अञ्जला कोइराला कुनै समय सञ्चालक समिति सदस्य थिइन्। सांसद पोखरेलकी पत्नी अञ्जलासहितका व्यक्तिहरूले सहकारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप लगाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button