ब्रेकिङ न्यूज
८वर्ष पुराना मुद्दा असार मसान्तभित्र शून्यमा झार्ने लक्ष्य छ’
![](https://onlinenewsnepal.com/wp-content/uploads/2024/12/sarbocha-thumb_840_560-780x470.jpg)
काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने लक्ष्य लिएको छ । शुक्रबार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएको हो ।
अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए ।
उनले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताएका छन् । उनले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको जानकारी दिए
![](https://onlinenewsnepal.com/wp-content/uploads/2024/12/sarbocha-thumb_840_560.jpg)