ब्रेकिङ न्यूज

लामो समयपछि काठमाडौंमा भूकम्पको ठूलो धक्का

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ ।

पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार कति म्याग्निच्यूडको भूकम्प गएको हो भनेर एकिन भइसकेको छैन ।

पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button