ब्रेकिङ न्यूज

नेपाल महिला क्रिकेट टोली लगातार पराजय भोग्दै

काठमाडौं । नेपाल महिला क्रिकेट टोलीले लगातार चौथो खेलमा पराजय भोगेको छ। त्रिदेशीय महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले थाइल्यान्डसँग पाँच रनको हार स्वीकार गरेको हो।

मंगलबार, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा थाइल्यान्डले १०७ रनको लक्ष्य राखेको थियो। नेपालले लक्ष्य पछ्याउँदै २० ओभरमा १०१ रन बनाउँदा आठ विकेट गुमाइन्। नेपालकी रुविना क्षेत्रीले २६ रन बनाउँदै सर्वाधिक स्कोर गरेकी थिइन्। कविता जोशीले २४, रोमा थापा १९, र पूजा महतोले १८ रन थपे।

थाइल्यान्डकी थिपात्चा पुथाअवाङले चार विकेट लिइन्। उनले १० रन मात्र खर्च गर्दै चार ओभर बलिङ गरेकी थिइन्। फनिता मायाले दुई विकेट लिइन्। यसअघि, थाइल्यान्डले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। थाइल्यान्डबाट चानिदा सुथिरुआङले २७ रन बनाउँदै सर्वाधिक रन बनाइन्। थिपात्चा पुथाअवाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन जोडे।

नेपालकी मनीषा उपाध्यायले तीन विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिइन्। पूजा महतो र रचना चौधरीले समान एक विकेट लिइन्।

यो नेपालको लगातार चौथो हार हो, यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार भोगेको थियो। थाइल्यान्डको भने यो चौथो लगातार जित हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button