ब्रेकिङ न्यूज

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।विपद् पश्चातको सूचना प्राप्त गर्न डाउन टू एप्रोचको प्रणाली पनि बनाउनुपर्ने उनको भनाइ छ । वडामा निर्वाचित पाँच जना प्रतिनिधिलाई विपद् पश्चातको सूचना दिने जिम्मेवार बनाउनुपर्ने गरी एउटा संयन्त्र बनाउनुपर्ने गृहमन्त्री लेखकले बताए । ‘अफ डाउन’को सूचना संयन्त्र बनाउनु सक्दा विपद् पूर्व र पश्चातको सूचना सम्प्रेषण प्रभावकारी हुने उहाँको भनाइ छ । ‘असारबाट मनसुनजन्य जोखिम सुरु हुन्छ । त्यो बेलासम्म सूचना प्रणालीलाई राम्रो बनाउनुपर्छ । पूर्व सूचना प्राप्त नहुने खालका विपद्बारे डाउन टू एप्रोचको प्रणाली राम्रो नाउन वडामै जानुपर्छ ,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button