ब्रेकिङ न्यूज

हलेसी बजारको आगलागी नियन्त्रण नजिक, ३ घर जले

खोटाङ, फागुन ४ । खोटाङको हलेसी बजारमा लागेको भीषण आगलागी नियन्त्रणमा नजिक आएको बताइएको छ । आगो पूर्णरुपले नियन्त्रणमा नआएपनि थप फैलिने अवस्थामा नरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो ।

ओइराख राईको तीन तले पक्की घरको भित्र आगो लागिरहेको छ । उक्त आगो पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास भइरहेको मेयर राईले बताउनुभयो । स्थानीय नागरिक, सुरक्षाकर्मी सबै आगो नियन्त्रणमा खटिएका छन् । जिल्लाबाटसमेत सुरक्षाकर्मीहरु आगलागी स्थल पुगिसकेका छन् । ट्यांकरले पानी ओसार्दै पाइपमार्फत पानी लगाएर आगो निभाउने काम भइरहेको छ ।

पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ आगो सुरु भएको थियो । पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ । आगलागीबाट भएको क्षतिको पुरा विवरण आउन बाकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button