ओ सासुजी वेब सिरिजको चर्चा दिन प्रतिदिन बढ्दै

“ओ सासुजी” वेब सिरीजको चर्चा दिन प्रतिदिन बढ्दै गइरहेको छ। समिर जोशीको निर्देशनमा बनेको यस प्रिमियम वेब सिरीजमा विन्दा खतिवडा, दिक्पाल कार्की, युजिन श्रेष्ठ लगायतका कलाकारहरू मुख्य भूमिका निभाउँदैछन्। साथसाथै यसमा रश्मी भट्ट, कुमार मणि गजुरेल, गणेश दुलाल, मुकुन्द महत, सागर गिरी, अन्जन कुँवर आदि कलाकारहरूलाई पनि देख्न सकिन्छ। यस सिरीजमा हास्य, ड्रामा र रोमाञ्चक घटनाहरूका साथ दर्शकलाई आकर्षित गर्ने प्रयास गरिएको छ।
सिरीजको हालको एपिसोडले १८ मा पुगेर उच्च चर्चा पाएको छ। १८ भाग पछि को सम्पूर्ण कथाले दर्शकको माया पाएको जानकारी यसका निर्देशक समिर जोशीले जानकारी गराए। यसमा इमोशनल र ह्युमरसँग मिश्रित दृश्यहरूले दर्शकको ध्यान आकर्षित गरेको छ। ‘ओ सासुजी’ को कथा लेखन दिक्पाल कार्की र विन्दा खतिवडाले गरेका छन्, जसले सिरीजको आकर्षणलाई थप बल पुर्याएको छ।
यो वेब सिरीज ‘न्युज नेपाल टेलिभिजन’ र ओएसआर मुभिज यूट्यूब च्यानलमा हेर्न सकिन्छ, जसले नेपाली सिनेमा र वेब सिरीजको नयाँ दिशा देखाएको छ।
