ब्रेकिङ न्यूज

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु अध्यक्षमा दीपकराज जोशी निर्वाचित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दीपकराज जोशी निर्वाचित भएका छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई ८ मतले पराजित गरे।

जोशीले कुल ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टले ७८१ मत ल्याए। त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१७ मत, भने पद्मा भुसालले १६६ मत पाए।

अन्य पदाधिकारी पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। त्रिवि केन्द्रीय क्याम्पसमा कुल ६,१४६ मतदाता रहेकोमा सोमबार ३,११८ विद्यार्थीले मतदान गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button