ब्रेकिङ न्यूज

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट बर्खास्त गरेका छन्। बुधबार अपराह्न तामाङलाई पदमुक्त गरिएको हो।

तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्तिको विषयमा सार्वजनिक असन्तुष्टि जनाउँदै आएका थिए। सरकारको निर्णयविरुद्ध सार्वजनिक रूपमा विरोध जनाएपछि प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन्।

सरकारी स्रोतका अनुसार मन्त्री परिषद्को निर्णयविपरीत बोल्दै आएका तामाङप्रति प्रधानमन्त्री ओली असन्तुष्ट थिए। तामाङले सरकारमै बसेर सरकारको आलोचना गरेपछि उनलाई पदबाट हटाइएको हो। घिसिङलाई हटाउने निर्णयपछि सरकारभित्रकै केही नेताहरूले असहमति जनाउँदै आएका थिए। तामाङ पहिलो मन्त्री हुन् जसले सो निर्णयको खुला विरोध गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button