शिक्षा
नयाँ वर्ष २०८२ को शुभकामना
नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
नव वर्षले हामी सबैमा नयाँ उत्साह, प्रेरणा र सिर्जनात्मक ऊर्जा लिएर आओस् भन्ने कामना गर्दछु। शिक्षा, अनुशासन र समर्पणको मूल मर्मलाई आत्मसात् गर्दै बानेश्वर बहुमुखी क्याम्पसलाई अझ उत्कृष्ट शिक्षण संस्थाका रूपमा स्थापित गर्न हामी सबै एकजुट भएर अघि बढौं।
यस अवसरमा तपाईंहरूको साथ, सहयोग र सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै साथको अपेक्षा गर्दछु।
शुभकामनासहित,
प्रा. डा. घमान सिंह खड्का
क्याम्पस प्रमुख
बानेश्वर बहुमुखी क्याम्पस
