ब्रेकिङ न्यूज
Trending

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण: प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री, एमालेमा पोखरेलको नेतृत्व

काठमाडौँ, १९ चैत — प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई सरकार प्रमुखको कार्यवाहक दायित्व र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको भूमिका प्रदान गरिएको छ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय सहयोगमा केन्द्रित बिम्स्टेक (BIMSTEC) को छैटौं शिखर सम्मेलनमा सहभागिता जनाउन तथा थाइल्यान्डसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न मंगलबार बैंकक प्रस्थान हुनुभएकाे हाे । यात्राको अवधिमा दैनिक प्रशासन सञ्चालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे । ओली २३ चैतसम्म थाइल्यान्डमा रहने कार्यक्रम छ।

एमालेको नेतृत्वमा पोखरेल
ओलीको अनुपस्थितिमा एमालेको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्हाल्नेछन्। पार्टी विधान अनुसार यो निर्णय सार्वजनिक गरिएको केन्द्रीय सचिव भीष्म अधिकारीले बताए। पोखरेलले प्रधानमन्त्री स्वदेश नफर्किन्जेल पार्टीको केन्द्रीय कार्यसम्पादन गर्नेछन्।

थाइल्यान्ड भ्रमणको मुख्य आयोजना

  • ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध राख्ने, थाइल्यान्डसँग पर्यटन, संस्कृति, तथा आर्थिक सहयोगमा ६ वटा सम्झौता हस्ताक्षर हुने।
  • प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातसँग वार्ता गरी संयुक्त प्रेस ब्रिफिङ दिने।
  • एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा व्याख्यान र व्यवसायीहरूसँग छलफल गर्ने।
  • बिम्स्टेक शिखर सम्मेलनमा नेपाली हितका मुद्दा राष्ट्रिय प्रतिनिधिमण्डलसँग समन्वय गरी उठाउने।

प्रधानमन्त्री ओली थाइल्यान्डको आधिकारिक भ्रमण गर्ने नेपालकाे पहिलो सरकार प्रमुख हुनुहुन्छ। यात्राले द्विपक्षीय सम्बन्धमा नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button