ब्रेकिङ न्यूज

भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’

काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्दैछ ।
भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजना एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button