ब्रेकिङ न्यूज

६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ

रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उप महानगरपालिका वाड न २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो । हेटौंडाबाट बिरगंज तर्फ जादै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई चेकजांच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा रहेका तीन जना प्रहरी टोलिलाई देख्न साथ भागेको र एक जना भने पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।उनका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका वाड न १३ पदमपोखरी बस्ने बर्ष २७ को बिवेक थिङलाइ पक्राउ गरिएको हो । चारवटा ब्यागमा रातो पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको अवस्थामा बरामद गरिएको उनले बताए ।लागू औषध गाँजा सहित पक्राउ परेकालाइ आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button