‘Conversations with Utsav’: नयाँ पोडकास्ट श्रृंखला छिट्टै सुरु हुँदै–

‘Conversations with Utsav’: नयाँ पोडकास्ट श्रृंखला छिट्टै सुरु हुँदै
– नयाँ सुरुवात, नयाँ माध्यममा विचारको संवाद
विचारशील संवाद र विविध विषयमा खुला छलफलको नयाँ सुरुवातका रूपमा ‘Conversations with Utsav’ (उत्सवसँग संवाद )नामक पोडकास्ट श्रृंखला छिट्टै सार्वजनिक हुँदैछ। मनोरञ्जन, राजनीति, स्वास्थ्य र सामाजिक विषयहरूमा आधारित गम्भीर र अर्थपूर्ण संवादहरू समेटिएको यो श्रृंखला अडियो तथा भिडियो दुवै माध्यमबाट सार्वजनिक गरिने तयारीमा छ।
विविध र अर्थपूर्ण संवादका लागि चिनिएको एचिभर्स मिडिया नेटवर्क (Achievers Media Network) युट्युब च्यानल नयाँ विस्तारतर्फ अघि बढ्दैछ।
यो पोडकास्ट उत्सव बनियाँको प्रस्तुतीमा निर्माण भइरहेको हो। उत्सवले यसअघि हिमशिखर टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिसकेका छन् र अब त्यो अनुभवलाई नयाँ माध्यममा पुर्याउँदै छन्। टिमको लक्ष्य भनेको अझ फराकिलो श्रोतावर्गमा पुग्दै विचारशील संवादलाई केन्द्रविन्दुमा राख्ने हो।
पोडकास्टले विचार आदान–प्रदानलाई प्राथमिकता दिनेछ र फराकिलो श्रोतावर्गमा पुग्ने लक्ष्य लिएको छ।
छिट्टै सार्वजनिक हुँदैछ – उत्सवसँग संवाद, जहाँ विचारहरू बोल्नेछन् र संवादहरू गहिरिँदै जानेछन्।
