ब्रेकिङ न्यूज

बिराज पौडेल दाङबाट राष्ट्रिय युवा संसद २०२४-२०२६ मा उम्मेदवार

बिराज पौडेल दाङबाट ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ मा उमेदवार

दाङ — सामाजिक अभियन्ता तथा सूचना प्रविधि (आईटी) विद्यार्थी बिराज पौडेल ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ को दोस्रो चरणको निर्वाचन प्रक्रियामा दाङबाट चयन भएका छन्। उनी हाल अंबिकेश्वरी क्याम्पसमा आईटी अध्ययनरत छन् र विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागी हुँदै आएका छन्।

ग्लोबल युथ पार्लामेन्टद्वारा सञ्चालित ‘राष्ट्रिय युवा संसद’ एक यस्तो अभियान हो जसले युवाहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने लक्ष्य राखेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाट छानिएका युवाहरूको सामाजिक योगदान, प्रभाव र प्रोफाइलको आधारमा छनोट गरिन्छ।

यस अभियानमार्फत युवाहरूको नेतृत्व विकास, सशक्तिकरण र राजनीतिक तथा सामाजिक चेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बिराज पौडेलले आफ्नो छनोटलाई युवाहरूको आवाज बुलन्द बनाउने अवसरका रूपमा लिएका छन्।

“म युवाको आवाज राष्ट्रिय तहमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्नेछु,” बिराजले भने।

यस्तो प्रयासले युवाहरूलाई राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरणा दिने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button