अपराधब्रेकिङ न्यूजसमाचार
Trending

भारतको KIIT विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला

छानबिनपछि मात्र थाहा हुन्छ

0%

90

के तपाईंलाई लाग्छ कि भारतको KIIT विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूमाथि उचित सुरक्षा र न्याय सुनिश्चित गरिएको छ?

होइन, असुरक्षित छन्
User Rating: 4.15 ( 2 votes)

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साह बिहीबार साँझ छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। वीरगञ्ज निवासी BIT पहिलो वर्षमा अध्ययनरत प्रिशा तीन महिनाको अवधिमा सोही विश्वविद्यालयमा मृत भेटिएकी दोस्रो नेपाली विद्यार्थी हुन्।

गत फागुनमा रुपन्देहीकी प्रकृति लम्सालको पनि सोही छात्रावासमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो।

प्रिशाको मृत्युप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले गहिरो दुःख व्यक्त गर्दै भारत सरकारसँग उच्चस्तरीय छानबिन गर्न कूटनीतिक पहल अघि बढाइएको बताएकी छन्।

उता, भारतको सत्तारुढ दल भाजपा निकट विद्यार्थी संगठन एबीभीपीले घटनालाई ‘लज्जास्पद र दुःखद’ भन्दै KIIT विश्वविद्यालयविरुद्ध तत्काल कडा कारबाहीको माग गरेको छ।

भुवनेश्वर प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरिने र विगतको जस्तो कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ।

👉 तीन महिनामा दोश्रो नेपाली छात्राको मृत्यु!
👉 छात्रावासमै झुन्डिएको अवस्थामा भेटिएको
👉 परराष्ट्र मन्त्रालयले भारतसँग छानबिनको माग गर्दै कूटनीतिक पहल थालेको
👉 ABVP ले विश्वविद्यालयमाथि कडा कारबाहीको माग
👉 भुवनेश्वर प्रहरीको प्रतिबद्धता: “यसपटक कमजोरी दोहोरिँदैन”

📌 थप जानकारीका लागि क्लिक गर्नुहोस्: onlinenewsnepal.com
#BreakingNews #KIIT #NepaliStudent #PrishaSaha #IndiaNews #NepalIndia

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button