ब्रेकिङ न्यूूज

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । सिटीका लागि  जोस्को ग्भार्डियोल र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै सिटी ३४ खेलमा ७९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
प्रिमियर लिगमा आर्सनल ३५ खेलमा  ८० अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७५ अङ्क छ । म्यानचेस्टर सिटी लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।  गएराति नै भएको अर्को खेलमा बर्नेमाउथले ब्राइटनलाई ३–० ले हरायो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button