ब्रेकिङ न्यूूज

एसिसि प्रिमियर कप : सेमिफाइनलबाट बाहिरियो नेपाल

ओमनमा जारी एसिसि प्रिमियर कप २०२४ को पहिलेा सेमिफाइनलमा युयईले टस जितेर युएईका कप्तान मुहमद वसिमले फिल्डिङ गर्नै निर्णय गरेका थिए ।

नेपालले पहिला ब्याटिङ गर्दै खराव सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेल सुन्य रनमा आउट भए भने विकेटकिपर आशिफ शेख ११ बलमा ८ रन बनाई आउट भए त्यसपछि ब्याटिङमा आएका कप्तान रोहित पौडेले समेत १८ बलमा  रन बनाई आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दिप जोराले ६.६ ओभरमा ३८ रनमा ३ विकेट हुदा नेपालको एकदमै खराव स्थितिमा थियो । सन्दिप जोराले ४० बलमा ५० रन बनाई आफ्नो अर्धसतक पूरा गरि ५० रनमा नै मुहमुद फारुखको बलमा क्याच आउट भए । त्यसपछि नेपाली ब्याटरले कुनै पनि समय खुलेर युएईका बलर सामु ब्याटिङ गर्न पाएनन् । कुशल मल्ल ३ रन , दिपेन्द्र सिंह ऐरी ५ रन, गुल्शन झा २० रन , सोमपाल कामी २ रन बनाई आउट भए भने आठॅौ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले १७ रन बनाई आउट भए भने अविनाश बोहोरा १ रन र ललित राजवंशीले २ रन बनाए । नेपालले २० औभरको समाप्तिमा ९ विकेट गुमाई ११९ रन बनाई युएईलाई १२० रनको लक्ष्य दिएको थियो । 

जवाफि ब्याटिङ गर्न आएको युएईले १.३ ओभरमा पहिलो विकेट १२ रनमा गुमाएको थियो । नेपालका लागि सौमपाल  कामिले पहिलो विकेट लिएका थिए । युएईले विजय रन पछ्याउन राम्रो सुरुवात गरेको थियो ।त्यसपछि फास्ट बलर गुलशन झाले ७.५ ओभरमा नेपालको लागि दोश्रो विकेट र ९.४ ओभरमा तेस्रो विकेट लिए । यो उनको दोश्रो विकेट थियो । १४ ओभरमा लिलत राजवंशीले आफ्नो चौथो ओभर  बलिङ गर्दै पहिलो बलमा विकेट लिए उनले ४ ओभर बलिङ गर्दै २३  रन दिई १ विकेट लिए। त्यसपछि कुनै पनि नेपाली बलरले कसिलो बलिङ गर्न सकेनन् । युएईले १२० रनको लक्ष्य १७.२ ओभरमा १२३ रन बनाई पूरा  गरि जित हासिल गर्दै फाइनल प्रवेश गरेको छ ।युएईले अब दोश्रो सेमिफाइनलमा हुने खेल ओमान र हङकङ बिचको विजेतासँग शनिबार फाइनल खेल खेल्ने छ भने नेपालले शनिबार तेस्रो स्थानको लागि ओमान र हङकङ विच हुने खेलको उपविजेता सँग खेल्ने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button