खेलकुद

नेपालले एसिसि ईमजिङग कपबाट छ्नोट हुने अवसर गुमाएको छ ।

ओमनमा जारी एसिसि प्रिमियर कप २०२४ मा  तेस्रो स्थानको लागि भएको खेलमा नेपालले हङकङ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरको समाप्तिमा  ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।   नेपालको लागि  अलराउन्डर दिपेन्द्र सिंह ऐरीले २९ बलमा ४४ सर्वधिक रन बनाए भने ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए विकेट किपर आशिफ शेख ११ बलमा ५ रन बनाए भने सोमपाल कामिले १२ रन बनाउदा ,कप्तान रोहितले २१ रन ,सन्दिप जोराले २२ रन कुशल मल्लले १३ रन,गुल्सन झले  ६ रन , करण केसीले ३ रन, ललित राजवंशीले  २ रन बनाई आउट भए ।

हङकङले लक्ष्य पछ्याउने क्रममा १.३ ओभरमा ११ रनमा पहिलो विकेट गुमाएको थियो । नेपालकौ लागि पहिलो विकेट सोमपाल कामिले लिए भने हङकङले दोस्रो विकेट ३.२ मा १५ रन हुँदा गुमाएको थियो । सोमपाल कामिले कप्तान निजाकत खानलाई  ३ रनमा आउट गरेका थिए । नेपालको लागि तेस्रो विकेट  सोमपाल कामिले  लिए उनले बबर हयातलाई २६ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए भने सुरुवातमा नेपाली बलरले  हङकङलाई दबाबमा पारेका थिए । नेपालको लागि चौथो विकेट दीपेन्द्र सिंह ऐरिले लिए भने पाँचौ विकेट सोमपाल कामिले लिए उनले  जेशन अलि लाई रनआउट गराए यश समयसम्म नेपाल खेलमा फर्केको थियो भने छैटौँ विकेट दीपेन्द्र सिंह ऐरीले लिएका थिए ।

हङकङका अन्शुमन राथले हङकको  जितेको आश जिवित बनाई राखे । उनी ५० बलमा ६५ रन बनाई नटआउट भए र म्यानअफ द म्याच बने । हङकङलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो । ललित राजवंशीको अन्तिम ओभरमा नर्शुला राणाले पहिलो बलमा चौका हाने , दोस्रो बलमा २ रन र तेस्रो बलमा पनि २ रन लिइ १९.३ ओभरमा ६ विकेट गुमाउँदै  हङकङले नेपालमाथि विजय हासिल गर्‍यो ।

आज नेपाल सामु हङकङमाथि जित हासिल गरि एसिसि एसिया ईमजिङग कपमा छ्नोट हुने  अवसर थियो जुन अवसर नेपालले गुमाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button