शिक्षासुचना / प्रविधि

अनलाइन मिडिया अवसर कि चुनौती ?

अनलाइन मिडिया सूचना तथा सञ्चार जगतको सबैभन्दा सशक्त सञ्चारमाध्यमलाई अनलाइन मिडिया भनेर चिनिन्छ। इन्टरनेटको सहायताबाट सञ्चालन हुने सबैभन्दा छिटो छरितो र सरल संचार माध्यमको रुपमा पनि लिइन्छ। पछिल्लो समय सबैभन्दा धेरै प्रयोगमा आएको सबैले सुचाइएको सबैले मन पराउने सञ्चार माध्यम भएकाले अनलाइन मिडियालाई सबैभन्दा चर्चित र लोकप्रिय मिडियाकारूपमा लिइन्छ अनलाइन मिडियामा छोटो समयमा धेरै आम मानिसमा सूचना पुर्‍याउने गर्दछ । समय समयमा ब्रेकिङ न्युजहरु पनि दिने गर्दछ र छिनछिनमा अपडेट पनि गर्न सकिन्छ । त्यसैले अन्य मिडियाभन्दा यसमा धेरै फरक विशेषताहरु छन् ।

सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसाथ गरेर मात्र पूर्ण बन्ने भएको छ छापा पत्रकारिता, रेडियो, टेलिभिजन हुँदाहुँदै इन्टरनेबाट अनलाइन पत्रकारिताकाे युगसम्म आइपुगेको छ। सूचना प्रविधिमा आएका पछिल्लो विकासक्रमले इन्टरनेटमा श्रव्य दृश्य तस्बिर अक्षरका माध्यमबाट समाचार वा कुनैकुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न सकिने भएकाले यस प्रविधितर्फ पाठकको आकर्षण बढ्दो छ। विश्वको जुनसुकै स्थानमा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका पढ्न तथा रेडियोमा सुन्न र टेलिभिजनमा सुन्न र हेर्न सकिने प्रविधिको विकासमा इन्टरनेट प्रविधिले सहजता बनाएको छ । अनलाइन वा इन्टरनेट सञ्चार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ ।

अनलाइन समाचारमा कम्प्युटर टेलिफोन, टेलिफोन लाइन वा इन्टरनेट लाइनका साथै विद्युतीय ऊर्जाका पनि अनिवार्य भूमिका रहन्छ। विश्वको विकसित मुलुकहरूले अनलाइन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानुनको व्यवस्था समेत गरेका छन्। यस अनुसार यसले विकासको गति समातेको छ । विश्वमा इन्टरनेटको सुरुवात १९६० का दशकमा भएसँगै विश्वमा अनलाइन पत्रकारिताको आरम्भ भएको मानिन्छ । अनलाइन पत्रकारिताको इतिहासलाई हेर्ने हो भने सन् ११७० यता दुई प्रकारका अनलाइन पत्रकारिताको विकास भएको पाइन्छ । टेलीटेक्स र भिडियो टेक्स को प्रारम्भ सन् ११७१ मा BBC बाट भयो। इ-पत्रकारिताको प्रारम्भमा आएका टेलिटेक्स एकतर्फी माध्यम मान्न सकिन्छ केही समयको अन्तरालमा भिडियो टेक्स प्रविधिको विकास भयो यसमा दुईतर्फी संवाद सम्भव भयो।

विश्वको पहिलो अत्याधुनिक अनलाइन पत्रकारिताको रूपमा अमेरिकाको सिकागो ट्युटनलाई लिइन्छ। यो सन् १९९२ मा इन्टरनेटमा प्रकाशित भएको थियो। यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको सुरुवात भएको मानिन्छ। अहिले लाखौंको सङ्ख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन न्युज पोर्टल र विभिन्न संचार माध्यमका अनलाइन संस्करण हेर्न, सुन्न र पढ्न सकिन्छ। यो सन् १९९२ मा इन्टरनेटमा प्रकाशित भएको थियो। यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको सुरुवात भएको मानिन्छ।

अहिले अनलाइन पत्रकारिता दुई किसिमले विकास भएको पाइन्छ एक खालको अनलाइन पत्रकारितामा विभिन्न अन्य आमसञ्चार माध्यमका रेडियो, टिभी, अखबारका प्रकाशन तथा प्रसारण भई सकेका समाचार र अन्य सामग्री इन्टरनेटमा राख्ने गरिन्छ। अर्को स्वतन्त्र रुपमा खोलिएका अनलाइन पत्रकारितामा आफैले खोजेर ल्याएका समाचार र सामग्री राखिन्छ । नेपालमा ढिलै भएपनि सूचना तथा सञ्चार प्रविधिमा अनलाइन पत्रकारिताको इकमर्स र ई- बैंकिङ आदिको विकास क्रमिक रुपमा बढ्दै गएको छ। यसै क्रममा नेपाली पत्रकारिता पनि अब इन्टरनेटमा घुलमिल हुन थालिसकेको छ विश्वमा लामो समयदेखि इन्टरनेटको प्रयोग भएपनि नेपालमा पहिलोपटक वलब्यु नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ। संस्थागत रूपमा वि.सं. २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले इमेलको सुरु गरेको हो। त्यसैगरी निजी क्षेत्रले वि.सं. २०५१ सालदेखि व्यवसायिक इन्टरनेट सेवाको प्रदान गर्न थालेको हो। इन्टरनेट माध्यममा अनलाइन पत्रपत्रिका मात्र सञ्चारमा छैनन् प्रिन्टमा निस्कने पत्रपत्रिका पनि प्राय सबै जसो इन्टरनेट संस्करणका रुपमा अनलाइनमा नै पढ्न सकिन्छ ।

नेपालबाट प्रकाशित हुने जेठो दैनिक अखबार गोरखापत्र दैनिक, कान्तिपुर , नयाँ पत्रिका, राजधानी दैनिक, जनदिशा लगायत सबैजसो पत्रिका अनलाइनमा पढ्न सकिन्छ । प्रविधिको विकाससँगै नेपाली छापा माध्यम बाट प्रारम्भ भएका सबै ठूला सञ्चार गृहहरुले अनलाइन सेवालाई आफ्नो अभिन्न अङ्गका रुपमा स्थापित गरेका छन् त्यसै क्रममा छापा पत्रकारिताको लामो इतिहास बोकेको गोरखापत्रले पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै पाठकलाई सुसुचित गर्ने कुरामा आफूलाई अग्र स्थानमै उभ्याएको छ।

नेपालको सन्दर्भमा अनलाइन पत्रकारिताको महत्त्व जति छ त्यति नै जटिलता पनि छ नेपाल जस्तो अशिक्षित र भौगोलिक विकटताका कारण यसका विस्तार तथा वितरणमा कठिनाइ भने अवस्य नै रहेको छ । अनलाइनमा स्रोत नखुलाई हतारमा सम्प्रेषण गरिएका सामग्रीहरू हुन्छन् जसले गर्दा आम सञ्चार क्षेत्र उपर सर्वसाधारण जनतामा रहेका विश्वास साथै नैतिकतामा समेत प्रश्न चिन्ह लाग्न सक्ने स्थिति हुन्छ। प्राय अनलाइन पत्रकारहरु केही पाउनासाथ कुनै अनुसन्धान नै नगरी सम्बन्धित व्यक्तिलाई नभेटी समाचार सम्प्रेषणमा दौडिन्छन् ।

अनलाइन पत्रकारितामा नैतिकता र आचारसंहिताको प्रश्नले महत्त्व पाउनुको पछाडि यसको प्रवृति पनि उत्तिकै जिम्मेवार छ। किनभने साइट खोल्न जोसुकैले पनि पाउने, साइट खोल्न पाए सामग्री सम्प्रेषण गर्न सकिने र त्यस प्रकारका सामग्री पत्रकारिताको सिद्धान्त पूरा गरेको नदेखिने आदि कारणले गर्दा यस क्षेत्रमा आचार संहिताको पक्षमा बेलाबेलामा कुरा उठ्ने गरेको छ ।अनलाइनमा जो कोहीले सजिलै सामग्री सम्प्रेषण गरिदिने र सबैको सहज पहुँच हुने सक्ने भएकाले पनि यस क्षेत्रमा कानुनी स्तरमा नैतिकता आचरणको सीमा कोरिनु आवश्यक छ ।

पछिल्लो एक दशकमा नेपालमा अनलाइन पत्रकारिताले विकासको तीव्र गति समातेको छ । कानुनी रूपमा आफै पनि अनलाइन पत्रकारिताले मान्यता पाई  सकेको र यसतर्फ कसरी अनलाइन समाचार सामग्री उपर कानुनी हस्तक्षेप तथा निगरानी राखेर के कस्ता सामग्री सम्प्रेषण गर्न पाउने भन्ने बारेमा स्पष्ट ऐन कानुन तथा नीतिको सिमारेखा कोरिनु आजको आवश्यकता हो। होइन यसैगरी अनलाइन पत्रकारितालाई छाडा रुपमा छोड्ने हो भने कुनै न कुनै दिन मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button