ब्रेकिङ न्यूूज

सारुकको मोबाइलको सुसाइड नोट भेटियो, के छ नोटमा ?

अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि अभिनेत्री नम्रता श्रेष्ठ जबरजस्त विवादमा आइन् । केही मिडियाहरुले उनैले सारुकलाई आत्महत्यामा धकेलेको अर्थ लाग्ने गरी समाचारहरु पनि लेखे ।

आत्महत्या गरेकै दिन नम्रता र सारुक ‘ह्यासट्याग माया’ को सुटिङमा थिए । सुटिङकै क्रममा उनीहरुबीच विवाद भएको तथा होटलमा फर्किएपछि पनि झगडा गरेका कुराहरु चलचित्रको निर्माण टीमले बाहिर ल्याए । यसबाट नम्रता तनावमा थिइन् । कतिपय मिडियाले उनी देश छोडेर भागेको समाचारसमेत लेख्न भ्याए ।

प्रहरीलाई नम्रतालाई अनुसन्धानमा तान्न दबाबसमेत परेको थियो । तर, उनीविरुद्ध कसैले उजुरी नगरेकाले सोधपुछको लागि नबोलाइएको स्रोतले बतायो । प्रहरीले एकातर्फ मोबाइलको परीक्षण रिपोर्ट कुरिरहेको थियो भने अर्कोतर्फ मृतकका आफन्तहरुको जाहेरी ।

‘मृतकका आफन्तहरु १४र१५ दिन काजकिरियामै हुनुहुन्थ्यो । उहाँहरुबाट जाहेरी आउँछ कि भन्ने थियो तर आएन’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

सारुकको कुनै ‘सुसाइड नोट’ प्रहरीले नभेटेकाले यो घटनालाई लिएर विभिन्न संशयहरु थिए । तर, उनको मोबाइलको फरेन्सिक ल्याब परीक्षणले घटनालाई नयाँ ट्विस्ट दिएको छ । मोबाइलको नोटप्याडमा सारुकको ‘सुसाइड नोट’ फेला परेको छ, जसमा उनले कसैलाई पनि आरोपित गर्न चाहेका छैनन् ।

प्रहरी स्रोतका अनुसार उनले सुसाइड नोटमा थुप्रैको नाम लिएका छन्, तर सकारात्मक रुपमा । नोटमा नम्रताको नाम पनि उल्लेख रहेको स्रोतले बतायो ।

‘उहाँले नम्रतालाई पनि सम्झिनुभएको छ, नराम्रो केही लेख्नुभएको छैन,’ स्रोतले भन्यो ।

आत्महत्या दुरुत्साहन हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । सारुकका परिवार तथा ‘ह्यासट्याग माया’का निर्माण पक्षसँग बयान लिइएको थियो । तर, सारुकको सुसाइड नोटपछि प्रहरी ढुक्क भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button