ब्रेकिङ न्यूूज

जन्ती बाेकेकाे बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमा नै मृत्यु र ५२ जना घाइते भएका छन्

बा ४ ख ५६१६ नं. को  रोल्वालिङ यातयात जन्ती लिइ दोलखाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ पिस्कर आउँदै गर्दा तौथली धारावतीमा दुर्घटना भर्इ तीन जनाको घटना स्थल्मै मृत्यु र ५२ जना घाइते भएका छन् । बसमा स्टाफ सहित ५५ जना सवार थिए । जन्ती बोकेको बस आफै अनियन्त्रित भई सडक बाट एक सय मिटर तल खसेको हो । घाइतेको  स्थानीय र इलाका प्रहरी कार्यालय  बाह्रबिसेले उद्धार गरी बाह्रविशे प्राथामिक अस्पतालमा उपचारका लागि लगिएको छ । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका १ निबासी शिव श्रेष्ठ, मान बहादुर थामी र एक पुरुषको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button