ब्रेकिङ न्यूूज

मुम्बई इन्डियन्सको बेंग्लोरमाथि शान्दार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोर माथि ३ विकेटको विजय हासिल गरेकाे छ । मुम्बईले आफनो पाँचौ खेलमा घरेलु मैदानमा टस जितेर फिल्डिङको निणर्य गरेको थियो । रोयल च्यालेन्जर्स बेंग्लोरले पहिला ब्याटिङ गर्दे बिस ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको थियो , भने बेंग्लोरले पहिलो विकेट २.३ ओभरमा १४ रनमा गुमाएको थियो । जसप्रित बुमराहले मुम्बईको लागी पहिलो विकेट लिएका थिए । बेंग्लोरको लागी कप्तान फाफ डु प्लेसि ले ४० बलमा ४ चौका र ३ छक्का सहित ६१ रन बनाएर आउट भए भने रजत पातिदारले २६ बलमा ५० रन बनाई आउट भएका थिए । बेंग्लोरका विकेट किपर दिनेश कार्तिकले २३ बलमा ५३ रन बनाए उनले ५ चौका र ६ छक्का प्रहार गरे विजय कुमार र ग्लेन म्याक्सवेल शुन्य रनमा आउट भएका भए भने ,त्यस पछि आएका कुनै पनि ब्याटसम्यानले दोहोरे अंक बनाउन सकेनन्। मुम्बईको लागी जसप्रित बुमराहले सर्वाधिक पाँच विकेट लिए,बुमराहले ४ ओभरमा २३ रन दिई ५ विकेट लिएका थिए । बेंग्लोरले दिएको १९७ रनको लक्ष्य मुम्बईले सहजै पुरा गरेको थियो । मुम्बईले १५.३ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

मुम्बईको लागी इशान किशन र रोहित शर्माले पहिलो विकेटको लागी राम्रो साझेदारी गरेका थिए ,मुम्बईले पहिलो विकेट ८.५ ओभरमा १०१ रनमा गुमाएको थियो ,इशान किशनले ३४ बलमा ७ चौका ५ छक्का प्रहार गरी ६९रन बनाए भने रोहित शर्माले ३४ रन बनाए । तेस्रो नम्वरमा ब्याटिब गर्न आएका सुर्य कुमार यादवले विष्फोटक ब्याटिब गर्दे १७ बलमा अर्धशतक बनाए भने कप्तान हार्दिक पाण्डेयले ६ बलमा २१ रन बनाई छक्का हान्दै विजयी रन बटुले । बेंग्लोर कुनै पनि बलरले प्रभावकारी बलिङ गर्न सकेनन्। बेंग्लोर को यो पाँचौ हार हो भने मुम्बईको यो द्रोस्रो जित हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button